१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिने ललित गुरुङ कारबाहीमा



मायादेवी अनलाइन, बाणगंगा ।
नेपाली कांग्रेसले कपिलवस्तु जिल्ला कार्य समिति सदस्य ललित गुरुङलाई कारबाही गरेको छ।

कपिलवस्तु १ मा प्रतिनिधि सभामा उम्मेदवारी दिएका गुरुङलाई कांग्रेसले कारबाही गरेको हो ।

यहाँ गठबन्धनबाट माओवादी केन्द्रका चक्रपाणी खनाल ‘बलदेव’ साझा उम्मेदवार छन् ।

कांग्रेसको केन्द्रीय अनुशासन आयोगले गुरुङसहित देशभरका ७४ जनालाई पार्टीबाट निकालेको छ ।

बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई ५ वर्षसम्मका लागि पार्टी सदस्यबाट निष्कासन गरेको कांग्रेस केन्द्रीय अनुशासन समितिले जनाएको छ ।

‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरूद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ’, कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९ मंगलबार ००:००  ७ : २४ बजे