१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको ज्यान गयो, २४ जनाको उद्धार



एजेन्सी ।

अफ्रिकी देश तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ । २४ जनाको उद्धार गरिएको छ ।

दार–एस–सलामबाट उत्तरी क्षेत्र बुकोबाका लागि उडेको विमान भिक्टोरिया लेकमा दुर्घटनामा परेको हो । अवतरणको समयमा विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ । विमानमा ४३ जना रहेका थिए । पानीमा डुबेको विमानबाट फसेकाहरुलाई निकाल्न उद्धारकर्ताहरुलाई माझीहरुले सहयोग गरेका थिए ।

बुकोब विमानस्थलको एउटा धावनमार्गको अन्तिम बिन्दु अफ्रिकाको सबैभन्दा ठूलो ताल लेक भिक्टोरियाको तट नजिकै पर्छ । आँधी र ठूलो वर्षाका कारण त्यहाँ विमान दुर्घटनामा परेको खबरमा उल्लेख छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९ सोमबार ००:००  ७ : ०३ बजे