७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

बिषादी प्रयोग नगरे जिवन चलाउन मुस्किल, प्रयोग गरे स्वास्थ्य जोखिम



सविता गुप्ता, कपिलवस्तु ।

बाजेको पालादेखि खेती किसानी मुख्य पेशा रहेका ओमप्रकाश हरिजन आफैले खेती गर्न थालेको २५ बर्ष भयो। उनी कपिलबस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नं १० का किसान हुन्। ओमप्रकाश पहिला बिषादी रहित खेती गर्थे तर खेती गर्न पनि महंगो, उत्पादन पनि कम हुने र उत्पादित बस्तु महंगोमा बजार नजानेहुदाँ उनी अहिले प्रविधिमा आधारित खेतीतर्फ आकर्षित भएका छन्। बोटविरुवामा बिषादी प्रयोग गर्छन्। जसले गर्दा किरा लाग्दैन। अन्न राम्रो फल्छ। आम्दानी बढ्छ।
ओमप्रकाश भन्छन्, पहिला हामी प्रम्परगत रुपले खेती गर्थ्यौ। तर खासै उपलब्धी थिएन। त्यसैले आहिले विभिन्न किसिमको प्रविधि तथा विषादीको प्रयोग गर्छु । आम्दनी मनग्य गर्न सफल भएका छौँ।

उनलाई थाहा छ विषादी विष हो औषधि होइन । भन्छन्, तर परम्परागत खेतीले रासायनिक मल तथा किरा मार्ने बिषादी प्रयोग नगरेर के गर्ने उनले भने १ ओमप्रकाश विगतमा प्रम्परागत तरिकले खेती गर्थे । घरमा भएको प्रंगारिक मलहरु प्रयोग गर्थे तर त्यसबाट आम्दानी भएन।
हिजोआज बजारमा कृषि कार्यका लागि विभिन्न किसिमको प्रविधिहरु सहज रुपमा पाइन्छ। रासयनिक मल पाइन्छ। यसको प्रयोग गर्न थालेपछी बार्षिक रुपमा ८ देखि १० लाखसम्म आम्दानी हुने गरेको बुद्धभुमि नगरपलिकाका कृषक शिवमिलन तेलीले बताउँछन । तेलीका अनुसार खेतीबाट राम्रो आम्दानी हुदाँ घरको आर्थिक अवस्था सुध्रिएको छ । बालबच्चा पढाउन सजिलो भएको छ । परिवारको समग्रस्तरमा सुधार भएको छ।

बुद्धभुमी पालिक भित्र धेरै ठाउँमा अहिले बिषादीले मानव जीवनमा असर गर्छ भन्ने थाहा हुदाँहुदै पनि उत्पादन र आम्दानीको लोभमा रासायनिक मल तथा बिषादी प्रयोग गरेर खेती गर्नुपरेको नगरिक अगुवा तुलसीराम यादवको भनाई छ । बुद्धभुमि नगरपलिकामा रहेको रामघाट तरकारी संकालन केन्द्रका अध्यक्षा बहरैची केवटका अनुसार कृषीकर्म बाहेक दैनिक जीवन चलाउन सम्भव छैन। प्रांगारिक मल प्रयोग तथा परम्परागत तरिकाले खेती गर्दा लगानी पनि धेरै हुन्छ। यसरी उत्पादित कृषी उत्पादन तुलनतात्मक रुपमा महंगो पनि हुन्छ। महंगो भएपछी बजार पनि प्रयाप्त पाइन्न। नभएको कृषक रासयनिक खेती तर्फ आकर्षित हुने गरेका हुन्।

तथ्यांक कार्यालय कपिलवस्तुका अनुसार नेपालमा ६६.७ प्रतिशत जनसंख्या प्रत्यक्षरुपमा कृषि पेशामा लागेका छन्। देशको कुल ग्राहस्थ्य उत्पादनको करिब ३३ प्रतिशत भाग कृषि क्षेत्रले ओगेटेको छ। वि.सं २०६८ सालको कृषि गणना अनुसार करिब ३८ लाख घर परिवारको प्रमुख पेशा कृषी रहेको छ। वि.सं२०७८ सालमा भएको कृषि गणना प्राम्भिक प्रतिवेदन नआएको तथ्यांक कार्यालय कपिलवस्तुका अधिकृत नन्दलाल कुर्मी बताउँछन्।

कपिलवस्तु जिल्लामा कृषीमा प्रत्यक्षरुपले आश्रित कृषक परिवार संख्या ६१ हजर ५ सय ७४ रहेका कृषि ज्ञान केन्द्र कपिलवस्तुको तथ्यंक मा उलेख रहेको छ। यो जिल्लामा धान, गैहुँ, मकै, जौ, मसुरो, चना, केराउ, मास, रहर, तोरी, आलस, सूर्यमुखी तथा बदाम लगायतको खेती गरिन्छ।

यो जिल्लामा लगाइने तरकारी बालीहरुमा काउली, बन्दा, काक्रो, तरबुजा, गाजर, खुर्सानी, गोलभेडा, करेला, पालँगो, प्याज, फर्सी, बकुल्ला, बोडी, ब्रोकाउली, भन्टा, भेडेखुर्सानी, मूला, भिण्डी, रायो, लौका, सलगम, सिमी पर्दछन् । यि तरकारी खेतीका लागि पनि कपिलवस्तु जिल्ला आगडी रहेको छ ।

जिल्लाको बुद्धभुमि नगरपालिको वडा नम्बर १० र कपिलबस्तु नगरपालिकाको वडा नम्बर ११ मा हरियो तरकारी उत्पादन अन्यत्रभन्दा बढी हुने कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख रविन्द्रनाथ चौबे ले बताउछन् ।

आजभोलि प्रम्परागत कृषी कमै मात्रमा भइरहेको कृषी ज्ञान केन्द्र कपिलवस्तुका प्रमुखका रविन्द्रनाथ चौबेःबताउँछन्। चौबेका अनुसार किसानहरुलाई अर्गानीक कृषि उत्पादन तर्फ आकर्षित गर्न कृषी ज्ञान केन्द्रले विभिन्न किसिमको योजनाहरुमा जोड दिएको छ ।

रासयनिक मल तथा बिषादी प्रयोग गरी उत्पादन गरेको वस्तुहरु दैनिक उपभोग गर्दा शरीरमा विभिन्न किसिमको रोगव्यधि देखा पर्न सक्छन् । शरीरमा तत्तकल र दृर्घकलीन रुपमा असारहरु हुने गर्दाछ। तत्काल पेट दुख्ने, झाडापखाला हुने लगायत रोग देखा पर्छ भने मुटु रोग, गर्वधारणमा समस्या, गर्भवती महिलाहरुबाट जन्मेने बच्चाहरुमा कुपोषण रोगहरु देखपरिरहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु तौलिहवाका हेल्थ एसिसटेन्ट डां उमेश घिमिरे बताउनु हुन्छ।

कपिलवस्तु जिल्लामा कृषी उत्पादनमा खैरा र सिन्दुरे रोग बढी लाग्छ। साथै जरा कुहिने र डढुवा पनि लाग्ने गर्छ। साथै जिल्ला भित्र फट्याङग्रा फड्के, गवारो, फौजी किरा, पतेरो, लाहीकिरा, झुसिलेकिरा, धमिरा प्रमुख किराहरु खेतीपातीमा देख्ने गरेको कृषी ज्ञान केन्द्रका प्रमुख चौबेले बताउनु भयो।

वहाँका अनुसार किसानहरु यिनै रोग नियन्त्रण गर्न तथा किराहरु मार्नका लागि प्राणीनाशक विषादी प्रयोग गर्छन्। तर विषादी प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीमा कम ध्यान दिन्छन्। जसले गर्दा बिषादी प्रयोग गर्दा समेत किसानहरुलाई बिभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ।

जिल्लामा पहिला पनि मोनोक्रोथफोस, सल्फास, इन्डोसल्फास, फोरेट, डाइक्लोभस, डि।डि।टी।, अल्ड्रिन, एल्ड्रिन, मालाथिएन, कार्वोफ्यूरान जस्ता कडा खालाको बिषादीहरु खेतीपातीमा प्रयोग भइरहेको थियो । यस्ता कडा खालको बिषादीले मानवहरु तथा पशुपंक्षिमा असर गर्नुको साथै वातावारणमा असर धेरै गर्ने भएकोले नेपाल सरकारले त्यसलाई बन्द गरेको छ। विगत १८ बर्षदेखि मौर्या सिड स्टोर एण्ड एग्रोभेट तौलिहवाका संचालक जगदीश मुराउका अनुसार अहिले सइपरमेथारिन, क्लोरोपाइरीफोस, अल्फामेथरीन, इमेक्टिन वेन्जाष्ट, इमिडक्लोरोफिड, सईपर, रोगार, कोबराजस्ता बिषादीहरु कृषकहरुले बढी प्रयोग गरिरहेका छन्।

यि बिषादीहरुले केहि मात्रामा कम असर गरेपनि मानव स्वास्थ्यका लागि भने हानीकारक नै छन्। त्यसैले नेपाल सरकारले किसानलाई यस्ता हानिकारक बिषादीको प्रयोगपछी हुने असर कम गर्न बिकल्प पनि दिएको छ। त्यसका लागि कोबर आर्गेनिक, निमप्लास आर्गेनिक र टनिकहरु जस्ता आर्गेनिक बिषादीहरु प्रयोग गर्नको लागि बिक्रीबितरणमा जोडदिएको जगदिश मुराउले बताउनुभयो। यस्ता बिषादीको प्रयोगबारे कृषकहरुलाई परामर्श समेत दिनेगरेका छन्।

पहिलेभन्दा अहिले बिषादीको प्रयोग भइरहेको भोला एग्रोभेटका संचालक भोला केवट बताउँछन्। बिषादीको प्रयोग बढीभन्दा बढी उत्पादन गर्नको लागि मुख्य करण रहेको उनको भनाइ छ।

हानिकारक बिषादीले किसान र उत्पादन दुबैलाई असर गरिरहेपनि स्थानिय सरकारले बिषादीजन्य बस्तु उत्पादनको नियन्त्रण गर्न प्रभावकारी भुमिका खेल्न सकेका छैनन्। न त नियन्त्रण गर्न चासो नै दिएको छ। मानव स्वास्थ्यमात्र हैन बिषादीले वातावारणमा धेरै असर गरेको छ।

वातावारणमा परेको प्रभाव कम गर्न केहि स्थानीय तहले नीति बनाए पनि कार्यन्वयन भएको पाइदैन । नेपाल पाराभेटेनरी एण्ड लाईभष्टक एशोसिएसन कार्यालय कपिलवस्तुका अध्यक्ष डाक्टर प्रमेशवर यादव भन्छन्, ‘ हामीले पालिकामार्फत बिषादीमुक्त आभियन पनि संचालन गरिरहेका छौ।’

बुद्धभुमि नगरपालिकाले नगर क्षेत्रभित्र वातावारण तथा प्राकृतिक स्रोताको संरक्षण सम्बन्धमा ब्यवस्था गर्न बनेको ऐन २०७७ मा बनाएको छ । कृषि खेती गर्न टेयनल , भकरो सुधार कार्यक्रम संचालन गरेर कमपोष्ट मल बनाउन प्रोत्सहन र अर्गनीका खेती अनुदान दिइरहेको बुद्धभुमि नगरपालिका कार्यालय बुढ्ढीका प्रमुख प्रससकीय अधृकृत रमेश गौतम बताए । अर्गनिक बिधि बाट उत्पादन वस्तु पालिका भित्र बजार मूल्य तोकेको छैन तर यसको प्रोत्सहन को लागि अगामि दिन हटबजारमा छुट्टै ठाउँ तोकिने उहाले जनकारी दिए । वातावरणमा असर कम र विषादीको न्यूनिकारण गर्नको लागि पालिकाबाट जनचेतन को कार्यक्रम आगडी सरिएको उहाँले भन्नु भयो ।

बिषादी पदार्थले वातावरणीय सन्तुलनमा गडाबढी भाइरहेको छ । कृषि उपजक परिजीवहरु गडीयोल , पुतील लगयतको असतित्व खतरमा रहेको छ जसले गर्दा भोकमारी , उत्पादनमा कमी जमिनको मरुभुमिकरण भइरहेका , समयमा पानी नपर्ने , विभिन्न किसिमको प्रकोप उत्पन्न हुने गरेको तिलौरकोट साझेदारी बन व्यावस्थापन समितिका अध्यक्ष जयप्रकास पाण्डेय बताउनु भयो । भाविष्यमा यसले सबै प्राणवायू जीवहरुलाई खतरको उत्पान्न गर्ने भएकोले यसलाई रोकनको लागि पालिकाहरुले निति निमार्ण गरेर आगडी बढे मात्रै यसको रोक थाम थर्न सकिने पाडेयले बताए ।

बिषादी प्रयोग र बिषादीजन्य उत्पादित वस्तुहरुमा नागरिकहरु आफै पनि सचेतहुन जरुरी छ । विषादी युक्त खानेकुरा, तरकारी र फलफूललाई भाँडोमा डुबाएर धुनु भन्दा धारा वा बग्दो पानीमा ब्रसले कुना काप्चामा समेत राम्ररी धोएपछि त्यसमा रहेको सम्पर्क विषादी, पाइराथ्राइड विषादी कम हुने, ब्याकटेरिया र फोहोर समेत जाने गर्दले विशेष ध्यान दिन डा। प्रमेशवर यादव बताउँछन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७९ बुधबार ००:००  ६ : २१ बजे