७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

तारजाली बिनै मतगणना हुने



काठमाडौं ।
निर्वाचन आयोगले मतगणना स्थलमा तारजाली नलगाइने बताएको छ । आज बुधवार पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतगणना स्थलमा तारजाली नलगाइने बताउनुभएको हो ।

प्रमुख आयुक्त थपलियाले मतपत्रको सुरक्षा र गणना स्थलको सुरक्षाका लागि सीसी क्यामेरा भने राख्ने जानकारी दिनुभयो । विगतका चुनावमा मतपत्र चपाउनेजस्ता घटना भएपछि मतपत्र सुरक्षाका लागि भन्दै मतगणना स्थलमा तारजाली लगाइँदै आएको थियो ।

यसबैची राजनीतिक दल र उम्मेदवारहरूले भोलि बिहीवारदेखी जुलुस, आमसभा र कोणसभा गर्न पाउनेछन् । आयोगको पूर्वनिर्धारित कार्यक्रमअनुसार भोलिदेखि मङ्सिर २ गतेसम्म जुलुस, आमसभा र कोणसभा गर्न पाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।

प्रचारप्रसारको यो अवस्थामा चुनावको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारहरूलाई उहाँको आग्रह छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९ बुधबार ००:००  ५ : ३२ बजे