७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

दाङको बंगलाचुलीमा मालवाहक ठूला गाडी चलाउन रोक



दाङ ।

दाङको बंगलाचुली गाउँपालिकाले गाउँपालिकाभित्र मालवाहक ठूला गाडी चलाउन रोक लगाएको छ । असोज तेस्रो हप्ता परेको पानीले ठाउँ ठाउँमा सडक भत्किएको तथा पहिरोका कारण क्षति भएकाले गाउँपालिकाले सूचना निकालेर तत्कालका लागि ठूला मालवाहक गाडी चलाउन रोकेको हो ।

सडक मर्मतको काम सकेर अर्को सूचना नआएसम्मका लागि गाउँपालिकाको सडक निर्माण कार्यका लागि बाहेकका टिप्पर, ट्रकलगायत ठूला मालवाहक गाडीलाई अल्पकालीन रुपमा सञ्चालनमा रोक लगाएको सूचनामा उल्लेख छ ।

मालवाहक गाडी टिप्पर, ट्रक जस्ता ठूला गाडीहरुलाई अल्पकालीन रुपमा सञ्चालनका लागि रोक लगाएको गाउँपालिका अध्यक्ष तुल्सिराम पुनमगरले बताउनुभयो । अनुमति बिना अटेर गरी गाडी नचलाउन पनि उहाँको आग्रह छ । बङगलाचुली गाउँपालिकाभित्र विभिन्न सिमेन्ट उद्योगका लागि चाहिने चुनढुङ्गा खानी रहेको र चुनढुङ्गा बोक्न सयौँ टिप्पर चल्ने गर्छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७९ बुधबार ००:००  ८ : ५१ बजे