८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

मतदाता भन्छन्ः हाम्रो समस्यामा साथ दिने नेता भनेकै जीवलाल पौडेल हुन्



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तु ३ प्रदेश सभा ‘क’ मा नेकपा (एकीकृत समाजवादी) तर्फका उम्मेदवार जीवलाल पौडेलको घरदैलो र जनतासंग भेटघाट अभियान तिव्र भएको छ ।

आसन्न मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पक्षमा मत पार्न पौडेलको निर्वाचन परिचालन समिति सक्रिय बनेको छ ।

वडाहरुमा पार्टी सम्पर्क कार्यालय उद्घाटन, संगठन विस्तारसंगै घरदैलो अभियानलाई समेत नेकपा एसले तिब्रता दिएको छ ।

जिल्लाको क्षेत्र नं. ३ ‘क’ मा विभिन्न पार्टी र स्वतन्त्रसहित ७ जनाको उम्मेदवारी रहेको छ । अन्य पार्टी र उम्मेदवारहरुको भन्दा पौडेलको घर दैलो अभियान जनतासंगको भेटघाट प्रभावकारी भएको स्थानीयहरु बताउँछन ।

प्रदेश सभामा लोकतान्त्रिक–बाम गठबन्धनको उम्मेदवारी हुदाँ हुदै पनि नेकपा एसबाट टिकट पाए पछि पौडेल चुनावी दौडमा होमिएका छन् । लामो समय एमालेको राजनीति गरेका पौडेल पछिल्लो समय एकीकृत समाजवादीको लुम्बिनी प्रदेश कमिटी सदस्य समेत हुन् ।

एमाले भित्र छदै राजनीतिक छवि बनाएका पौडेल क्षेत्रका जनतासंग परिचित नेता हुन । सामाजिक क्षेत्रमा पनि सक्रिय रहदै आएका पौडेल हरेक समय जनताको सेवामा नै समर्पित हुँदै आएका छन् ।

क्षेत्रको पूर्व उत्तर भागमा निकै राम्रो माहोल बनाएका पौडेलले दक्षिण क्षेत्रमा समेत राम्रो छबि बनाएका छन् ।

‘चुनावको माहोल छ, भोट माग्न त सबै आउँछन, तर सधै हामीसंगै हुने र हाम्रो समस्यामा साथ दिने नेता भनेकै पौडेल हुन्’, स्थानीय सम्झना थारुले भनिन् ।

पार्टी नेतृत्वसंग रुष्ट, नयाँ अनुहार खोज्ने मतदाता, उम्मेदवार मन नपराएका कार्यकर्ताहरुको मत समेत आफ्नो भागमा पर्ने नेकपा एसले आंकलन गरेको छ । आफ्नै अलग्गै पहिचान सहित चुनावी मैदानमा होमिएका पौडलको बढ्दो सक्रियताले अन्य स्थापित उम्मेदवारलाई भने कडा चुनौती दिएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९ मंगलबार ००:००  ९ : २२ बजे