२७ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

एमालेको एजेण्डा प्रति जनताको आकर्षण बढ्दो : नेता घिमिरे



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा एमाले कपिलवस्तु क्षेत्र नं. १ (१) निर्वाचन परिचालन कमिटी बैठक महत्वपूर्ण निर्णयका साथ सम्पन्न भएको छ ।

बैठकका प्रमुख अतिथि पार्टी पोलिटब्यूरो सदस्य बिमला घिमिरेले एमालेको एजेण्डा प्रति जनताहरुको आकर्षण बढेकाले देशैभर पार्टी प्रवेशको लहर चलेको बताइन् ।

घिमिरेले पार्टीको नेतृत्व, नीति र कार्यक्रम लोकप्रिय, स्पष्ट भएकाले सबै जनताले एमाले मन पराएको र आगामी निर्वाचन पछि संघीय तथा सबै प्रदेश सरकार एमालेकै नेतृत्वमा बन्ने दाबी गरिन् ।

त्यस्तै घिमिरेले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्दै आ–आफ्नो टोलमा परिचालन हुन सम्पुर्ण नेता कार्यकर्तालाई आग्रह गरिन् । साथै पार्टीका उम्मेद्वारलाई जिताउनका लागि युवाहरुलाई अनुशासित र मर्यादित भएर चुनाव केन्द्रित हुन समेत उनले अनुरोध गरिन् ।

कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्ष तथा क्षेत्र नंं १ का निर्वाचन परिचालन कमिटीका संयोजक विश्राम प्रसाद थारुले प्रत्येक वडाका संयोजकहरुलाई निर्वाचनलाई ब्यवस्थित गराउनुपर्नेमा जोड दिए ।

नेकपा (एमाले) क्षेत्र नंं १ (१) का निर्वाचन परिचालन कमिटी संयोजक भेषराज पाण्डेको अध्यक्षता तथा सचिव सर्वेन्द्रदेव खनालको सञ्चालनमा भएको कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्यहरु चक्रपाणि अर्याल, गुणानिधि भुसाल, द्रोणराज सुवेदी लगायतले समसामयीक बिषयमा आ–आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७९ आइतबार ००:००  ९ : ०८ बजे