मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तु क्षेत्र न. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मंगल प्रसाद गुप्ताले मधेशमा एमालेप्रति जनलहर बढ्दै गएको बताउनु भएको छ । एमाले नेतृत्वको सरकारले तराई मधेशको समृद्धि र परिवर्तनका लागि महत्वपूर्ण काम गरेकाले जनविश्वास संगै जनलहर बढेको बताउनुभयो ।
राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उम्मेदवार गुप्ताले एमाले नेतृत्वको सरकारले गरेका विकास निर्माणको कामको जनताले प्रत्यक्ष महसुस गर्न पाएका छन् । उहाँले तराई मधेशको समृद्धिको चाहना पुरा गर्ने एमालेको सरकार आवश्यक भएकाले त्यस कामको जिम्मेवारी युवाको काँधमा आएको बताउनुभयो । त्यस्तै अवका युवा सचेत हुन आवश्यक रहेको बताउनु भएको छ । उहाँले देश निर्माणका लागि युवा संस्कारी र अनुशासित हुनुपर्ने जिकिर गर्नुभयो ।
उहाँले कपिलवस्तुको ३ वटै निर्वाचन क्षेत्र एमालेले जित्ने दावी गर्दै पार्टी कार्यकर्ता, युवा, महिला, किसान, मजदुर सवैको आकर्षण एमाले भएकाले सवै निर्वाचनमा परिचालन हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै कपिलवस्तु क्षेत्र नम्बर ३ प्रदेश सभा २ का उम्मेदवार रजाउ रहमान खाँले युवा नै देशको भविष्य भएको बताउँदै युवा शक्ति नै देशको शक्ति भएको बताउनु भएको छ । उहाँले देशमा सुशासन, समृद्धि र विकासका लागि युवाहरूले नेकपा एमालेका उम्मेदवारलाई सुर्य चिन्हमा मतदान गरि विजयी बनाउन अनुरोध समेत गर्नुभयो ।
९ कार्तिक २०७९ बुधबार ००:००
60
Shares
प्रतिक्रिया