काठमाण्डौ ।
सत्ता गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।
रुपन्देही २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रूपमा समर्थन गर्ने निर्णय गरिएको गठबन्धनका चार शीर्ष नेताद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
यसअघि रुपन्देही–२ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङको उम्मेदवारी परेको थियो । गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले थापालाई समर्थन गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया