पाल्पा ।
पाल्पाको रामपुर नगरपालिका–९, जब्गादीमा करेन्ट लागेर मंगलबार एक जनाको मृत्यु भएको छ ।
घरनजिकै दबदबेको रुखमा चढेर घाँस काट्ने क्रममा अचानक करेन्ट लागेर २९ वर्षीय विष्णुप्रसाद श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् ।
अचानक तीन फेजको विद्युत् लाइनमा छुन गई करेन्ट लागेर भुँइमा खसेका थिए । उपचारका लागि पाल्पा तानसेनस्थित मिसन अस्पतालमा ल्याएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनायो ।
प्रतिक्रिया