१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

जगदिशपुरको संरक्षण र विकासमा काम गरेका छौं : उम्मेदवार पन्थी



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु क्षेत्र १ प्रदेश सभा सदस्य १ का उम्मेदवार विष्णु पन्थीले जगदीशपुरलाई प्रदेशकै पर्यटकीय केन्द्र बनाउने बताउनु भएको छ । ‘आफु विगतमा यसक्षेत्रबाट निर्वाचित भएपछि जगदीशपुरको विकासमा जोड दिएर पर्यटकीय केन्द्र बनाउन लागि परेको छु’, पन्थीले मतदातासंग भन्नुभयो ।

उहाँले २०७४ मा लुम्बिनी प्रदेशमा एमालेको सरकार बनेदेखि जगदीशपुरको महत्वलाई उजागर गरी पर्यटकीय केन्द्र संगै यसको बहुउपयोगीतामा जोड दिएको बताउनुभयो । पन्थीको पहलमा भ्यु टावर, बहुउद्देश्यीय भवन, कुश्मा हरनामपुर विकुली सडक, कवर्डहल, गाँउको पक्कीबाटो, तालको सुन्दरीकरण लगाएतका महत्वपूर्ण काम भएको स्थानीय हिरालाल पौडेलले बताए ।

प्रदेश सरकार बनेदेखि जगदीशपुरको पर्यापर्यटन र विकासमा लगानी गर्दै विशेष महत्व दिइरहेकोले यसको पहिचान र महत्व पनि बढ्दै गएको पन्थीले जानकारी दिनुभयो । उहाँले शंकर पोखरेल मुख्यमन्त्री हुँदा जगदीशपुरलाई प्रदेशकै प्रमुख पर्यटकीय गन्तब्यको रुपमा पहिचान गरी यसको विकास र प्रवर्धनका काम गरेको बताउनुभयो ।

उहाँले जगदीशपुर ताल, बुद्धको क्रृडास्थल तिलौराकोट र आसपासका गाँउ, वाणगंगा नदी, कपिलधाम, मधुवनधाम, राजापानी, नन्दनगर लगाएको पर्यटकीय मार्गको रुपमा जोड्न सकिने भएकाले यसको संरक्षण, विकास र सुन्दरीकरणमा विशेष जोड दिएको समेत बताउनुभयो ।

यसैबीच जहदी र अरौराकोटका मतदातासंग भेटघाटका क्रममा जगदिशपुर तालबाट सिंचाई सुविधा नपुगेका जहदी र अरौराकोट लगायतका स्थानमा सिंचाई सुविधाका लागि नल्का, डिप बोरिङ लगायतबाट समस्या समाधान गर्ने र दिर्घकालीन रुपमा प्रदेश सरकारबाट नहर निर्माण गरी सिंचाईको असुविधालाई समाधान गर्ने प्रतिवद्धता पन्थीले व्यक्त गर्नुुभएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९ सोमबार ००:००  ५ : ०३ बजे