दाङ ।
बबई नदीमा डुबेर बेपत्ता भएका दुई किशोरीको शव एक दिनपछि आइतबार बेलुका फेला परेको छ । दंगीशरण गाउँपालिका २ की १४ वर्षीया रमा शाह र सल्यान दामाचौर १ की १४ वर्षीया गोमा चन्द शनिबार दिउँसो नुहाउने क्रममा बबई नदीमा डुबेर बेपत्ता भएका थिए ।
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुरा र दंगीशरण–२ गोलटाकुरीस्थित दोभानमा रहेको सिमलकुना घाटनजिकै नुहाउने क्रममा उनीहरु बगेका थिए । दुवै जनाको शव डुबेकै स्थाननजिकै फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
प्रतिक्रिया