८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

टी-ट्वान्टी विश्वकपमा पाकिस्तानबिरुद्ध भारतको रोमाञ्चक जित



काठमाडौं ।

भारत र पाकिस्तान बिचको खेलमा भारत विजयी भएको छ ।

अष्ट्रेलियामा जारी आठौं संस्करणको टी(ट्वान्टी विश्वकपमा पाकिस्तान ४ विकेटले पराजित भएको छ । पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो ।

भारतका लागि विराट कोहली तथा हार्दिक पाण्ड्याले १ सय १३ रनको साझेदारी गरेका थिए । कोहली ५३ बलमा ८२ रनमा अविजित रहे । हार्दिक ले ३७ बलमा ४० रन बनाए ।

पाकिस्तानका लागि हरिस रउफले ४ ओभरमा ३६ रन दिएर २ विकेट लिए नशिम शाहले ४ ओभरमा २३ रन दिएर १ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो ।

पाकिस्तानका कप्तान बाबर आजम आफुले सामना गरेको पहिलो बलमा नै आउट भएका थिए ।इफ्तिहार अहमद र शान मक्सुदले ७६ रनको साझेदारी गरेर टोलीलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए । शाहिन शाह अफ्रिदी ले ८ बलमा १ छक्का तथा १ चौकाको मद्दतले १६ रन बनाए ।

इफ्तिहारले ३४ बल २ चौका र ४ छक्का खेल्दै ५१ रन बनाएका थिए । मक्शुदले ४२ बलमा ५ चौका मद्दतले ५२ रन बनाएका थिए ।अन्यले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।भारतका लागि अर्शदिप सिंहले ४ ओभरमा ३२ ओभरमा ३ विकेट लिए । हार्दिक पाण्ड्याले ४ ओभरमा ३० रन दिएर ३ विकेट लिए ।

भुबनेश्वर कुमारले २ तथा मुहम्मद सामीले १ विकेट लिए ।जितसँगै भारत समूह दुईको र्शीष स्थानमा रहेको छ । पाकिस्तान भने दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९ आइतबार ००:००  ६ : ०० बजे