मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु प्रतिनिधिसभा-१ को सत्तारुढ चार दलिय गठबन्धनले वडास्तरका प्रचार प्रसार उद्घाटन कार्यक्रमलाई तीव्र पारेको छ ।
आइतबार विहान मात्र बाणगंगा नगरपालिकाको वडा नं. ३ र वडा नं. ६ मा वडास्तरीय प्रचार कार्यालय उद्घाटन भएको गठबन्धनका नेताहरुले बताएका छन् ।
सत्ता गठबन्धनबाट प्रतिनिधि सभा-१ मा चक्रपाणी खनाल (बलदेव), प्रदेश सभा (क) तर्फ डोलकराम घिमिरे साझा उम्मेदवार रहेका छन् । खनाल माओवादी केन्द्रका हसिया हथौंडाबाट उम्मेदवार छन् भने घिमिरे रुख चुनाव चिह्नका उम्मेदवार रहेका छन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा संलग्न चार दलिय गठबन्धनले आफ्ना निर्वाचन क्षेत्र रहेका सबै वडामा कार्यालय उद्घाटन गर्दै चुनावी प्रचार अभियानलाई तिव्र पार्ने जनाएका छन् ।
प्रतिक्रिया