मायादेवी अनलाइन, बाणगंगा ।
रवि लामिछाने नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले कपिलवस्तुमा आसन्न मंसिर ४ केन्द्रीत चुनावी प्रचार प्रसार कार्यालयको उद्घाटन गरेको छ ।
जिल्लाको बाणगंगा नगरपालिका-४ सिद्धिपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी प्रचार कार्यालय उद्घाटन गरेको हो ।
प्रतिनिधिसभा-१ मा उक्त पार्टीले सन्जु सिंह विष्टलाई उम्मेद्वार बनाएको छ । विष्टको चुनावी प्रचार प्रसारका लागि सिद्धिपुरमा क्षेत्रियस्तरको प्रचार प्रसार कार्यालय खोलिएको पार्टीका जिल्ला अध्यक्ष शिवकुमार सुवेदीले जानकारी दिनुभयो ।
कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै पार्टीका प्रदेश समिति सदस्य तथा समानुपातिक तर्फका उम्मेदवार कमल प्रसाद पोख्रेलले आसन्न मंसिर ४ को प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा घण्टी चुनाव चिह्नका उम्मेदवारले चुनाव जित्नुपर्नेमा जोड दिनुभयो ।
देशमा ठूला दलहरुले जनताको भावना बुझ्न नसक्दा अहिलेको भद्रगोल स्थितिको सिर्जना भएको भन्दै अब जनता सचेत बन्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
पार्टीले प्रतिनिधिसभा-३ मा दिपक बेल्वासेलाई उम्मेदवार बनाएको छ । प्रतिनिधिसभा-२ मा समय अभावका कारण उम्मेदवार तय गर्न नसकिएको पार्टीका जिल्ला अध्यक्ष सुवेदीले बताउनुभयो ।
प्रतिक्रिया