१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

बाणगंगालाई शिक्षा समन्वय इकाईले भन्योः दशैं तिहारको बीचमा पढाउने स्कूललाई कारबाही हुन्न



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको शिक्षा विकास तथा समन्वय इकाइले विद्यालय खोलेकै आधारमा विद्यालयलाई कारबाही नगर्न बाणगंगा नगरपालिकालाई पत्र काटेको छ।

बाणगंगा नगरपालिकाले दशैं तिहारको बीचमा पठन पाठन गर्ने नगरभित्रका संस्थागत विद्यालयलाई कारबाही गर्ने र नगरपालिकाबाट दिइने कुनै सुविधा नदिने चेतावनी दिएको थियो।

त्यसपछि केही विद्यालयले विद्यालय संचालन गरेका थिए । विद्यालय खोल्ने कि बन्द गर्ने विषयमा केही संस्थागत विद्यालय र नगरपालिकाबीच अन्तरद्धन्द चलेपछि एक विद्यालयले समन्वय इकाइमा निवेदन दिएपछि इकाइले नगरपालिकालाई यस्तो आदेशात्मक पत्र काटेको हो ।

प्रकाशित मिति : ३ कार्तिक २०७९ बिहिबार ००:००  ७ : ११ बजे