भैरहवा ।
गृहमन्त्री बालकृष्ण खाँणले सीमानामा बसेर सीमाको रक्षा गर्ने स्थानीयहरु सच्चा राष्ट्रवादी भएको बताएका छन् ।
रुपन्देही–३ बाट पाँच दलीय गठबन्धनको प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्दीय सदस्य खाणले सियारी गाउँपालिका–२ मा बिहीबार आयोजित कार्यक्रममा धेरैले आफूले आफैँलाई रादक्षिणी सीमामा बसेका नेपालीहरुले नेपालको सीमाको रक्षा गर्दै आएको बताए ।
‘सीमामा बस्ने नेपालीहरुले यो मेरो घर हो, मेरो आगन, जग्गा, कुलो हो भन्दै सीमाको रक्षा गर्दै आएका छन्,’ उनले भने, ‘जसकारण कसैले सीमा मिच्न सक्दैन, उनीहरु सच्चा राष्ट्रवादी हुन्।’
त्यस्तै रुपन्देहीको साविक मैनहिया गाविसका अध्यक्ष तथा लोसपाका नेता रंगनाथ गुप्ता पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
केन्द्रीय सदस्य खाणले आयोजित कार्यक्रममा गुप्तालाई पार्टीको सदस्यता प्रदान गरे। गुप्ता ०४९ सालको स्थानीय तहको निर्वाचनमा गाविस अध्यक्ष पदमा निर्वाचित भएका थिए। गत स्थानीय निर्वाचनमा पनि उनी उम्मेदवार थिए। कार्यक्रममा युवा व्यवसायी मोहित रौनियारसहित सय बढी कांग्रेसमा प्रवेश गरेका छन्।
प्रतिक्रिया