मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार फैजल खानले चुनावी अभियानको थालनी गरेका छन् ।
कपिलवस्तु प्रतिनिधिसभा १ को प्रदेश सभा ‘ख’ का उम्मेदवार खानले चुनावी अभियानको थालनी गरेका हुन् ।
सोमबार कमल भट्टराई संयोजक रहेको २ सय १ सदस्यिय मूल निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
जसको सह-संयोजकमा गोपाल तेली, फजले रहमान मुसलमान रहेका छन् ।
आसन्न मंसिर ४ को निर्वाचन केन्द्रीत अभियानको थालनी भएको उम्मेदवार खानले बताए ।
जनताको बीचमा गएर कलम चुनाव चिह्नमा मतदान गर्न आह्वान गर्ने देखि निर्वाचन लक्षित विभिन्न प्रचार प्रसार समिति गठन गरि चुनावी अभियानमा लागिएको उनले बताए ।
सोमबार भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य क्षेत्र बहादुर खत्रीले आसन्न प्रदेश सभामा कलम चिह्नको विजयी सुनिश्चित रहेको बताए ।
प्रदेशले पार्टीले लोकप्रिय नेता फैजल खानलाई उम्मेदवार बनाएको भन्दै कलम चिह्नमा भोट दिन उनले आह्वान गरे ।
पूर्व राष्ट्रिय क्रिकेटर समेत रहेका उनी त्यस क्षेत्रमा लोकप्रिय छन् ।
प्रतिक्रिया