मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नं. १ ले कपिलवस्तु नगरपालिका वडा नं.८ दोहनीमा पार्टीको निर्वाचन परिचालन सम्पर्क कार्यालय उद्घाटन गरेको छ ।
कार्यालय उद्घाटन गर्दै क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारीले पार्टीका हरेक क्रियाकलाप गर्नका लागि कार्यालयबाट सहज हुने बताउनुभयो ।
उहाँले देशमा शान्ति अमनचयन, राजनीतिक स्थिरता तथा राष्ट्रियताका लागि एमालेको विकल्प नरहेको बताउनुभयो ।
सोहि कार्यक्रममा क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्यका उम्मेद्वार मधुसुदन शरण चौधरी, एमाले केन्द्रीय सल्लाहकार समिती सदस्य दान बहादुर चौधरी, एमाले नेता कैलाश अग्रहरी, मायादेवी गाउँपालिकाका पूर्व अध्यक्ष बजरंगी प्रसाद कुर्मी लगायतले मन्तब्य राख्दै कपिलवस्तुसंगै देशको विकासका लागि एमाले आवश्यक पर्ने बताउनुभयो ।
सोहि कार्यक्रम मार्फत जसपा जिल्ला कमिटी सदस्य बिष्णु बहादुर चौधरीसहित ७५ जना एमालेमा प्रवेश गरेका छन् । समृद्ध नेपाल सुखी नेपालीको चाहना पुरा गर्ने एक मात्र पार्टी एमाले मात्रै भएकाले प्रवेश गरेको नवप्रवेशीहरुले बताएका छन् ।
एमाले कपिलवस्तु नगरपालिका वडा नं. ८ वडा कमिटी अध्यक्ष अनरुल्लाह मुसलवानको अध्यक्षता र भगवानदास चौधरीको स्वागतमा सम्पन्न कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
यता क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्यका उम्मेदवार बिष्णु पन्थीले बाणगंगा नगरपालिका वडा नं. १० र २ का विभिन्न स्थानमा कार्यकर्ता तथा मतदातासंग भेटघाट गर्नुभएको छ ।
भेटघाटका क्रममा उम्मेद्वार पन्थीले मतदाताको भोटको सदैव कदर गर्ने प्रतिवद्धता व्यक्त गर्दै विकासको पर्यायवाची नाम एमाले रहेको बताउनुभयो । उहाँले पटना क्षेत्रको विकासलाई निरन्तरता दिने बताउदै पट्नावासीको आवश्यकता र मागलाई आफुले नजिकैबाट अनुभव गरेको बताउनुभयो ।
स्थानीयले लोकप्रिय नेता पन्थीलाई निर्वाचनमा जिताउने भन्दै उत्साहपुर्ण आश्वासन पनि दिएका छन् ।
त्यस्तै पन्थीले निर्वाचनका बेला मात्र आफू नआउने भन्दै जनताको हरेक सुख दुःखमा सदैव रहने बताउनुभयो ।
प्रतिक्रिया