काठमाडौं ।
ईसीसी टी–२० विश्व कप क्रिकेटमा आज भएको दोस्रो खेलमा श्रीलङ्का विजयी भएको छ । अस्ट्रेलियाको जिलोङमा भएको खेलमा श्रीलङ्काले यूएईलाई ७९ रनले हरायो ।
श्रीलङ्काले दिएको एक सय ५३ रनको लक्ष्य पछ्याएको यूएईले १७ ओभर एक बलमा अलआउट हुँदै ७३ रनमात्रै बनायो । उसका आयन अफजल खानले सर्वाधिक १९ रन बनाए । बलिङतर्फ श्रीलङ्काका दुशमन्था चमिरा र वानिन्दु हसरङ्गाले तीनरतीन विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले पथुम निसन्काको ७४ रनको मद्दतमा एक सय ५२ रन बनायो । बलिङतर्फ यूएईका कार्थिक मयप्पनले तीन विकेट लिए ।
जितसँगै श्रीलङ्काले सुपर–१२ मा पुग्ने सम्भावना कायमै राखेको छ । तालिकामा नेदरल्यान्ड्स चार अङ्कसहित शीर्ष स्थानमा छ । नामिबिया र श्रीलङ्काको समान दुईरदुई अङ्क छ । यूएईले खाता खोलेको छैन ।
प्रतिक्रिया