मायादेवी अनलाइन, जितपुर ।
नेकपा एमाले लुम्बिनी प्रदेश समिती सदस्य घरभरन यादवसहित करिब २ सय जना माओवादी केन्द्रमा प्रबेश गरेका छन् । बाम–लोकतान्त्रिक गठबन्धनको शुद्धोधन गाउँपालिकाको लबनीमा संयुक्त प्रचार प्रसार समितिको कार्यालय स्थापना कार्यक्रममा मंगलवार प्रवेश गरेका हुन् ।
प्रतिनिधि सभा सदस्यका उम्मेद्वार चक्रपाणि खनाल (बलदेव), संयुक्त बाम लोकतान्त्रिक गठबन्धनका प्रचार प्रसार संयोजक अतहर कमाल मुसलवान, कांग्रेस नेता राजेश आचार्य, माओवादी नेता रामलौटन तिवारी, प्रदेश सभा सदस्यका उम्मेद्वार सहसराम यादव लगायतले उनीहरुलाई प्रवेश गराएका हुन् ।
यस्तै एमाले जिल्ला नेता राधेश्याम यादव, जनमतका जिल्ला नेता अनिल तिवारीसहित १९० जना माओवादी केन्द्र प्रबेश गरेको संयुक्त बाम लोकतान्त्रीक गठबन्धनको प्रचार प्रसार समितिले जनाएको छ ।
यसैबिच शुद्धोधन गाउपालिका निबर्तमान अध्यक्ष निसार अहमद खाँले बाम–लोकतान्त्रिक गठबन्धन अवको देशको आवश्यकता रहेको बताउदै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरे ।
माओवादीमा प्रवेश गर्नेहरुले नवप्रवेशीहरुको कब्जामा एमाले परेको भन्दै त्यहाँ दास भएर नबस्ने बताए । मुलुकको परिवर्तनकारी शक्ति माओवादी नै रहेकाले अब गठबन्धनलाई जिताउन आफूहरु लाग्ने घरभरन यादवले बताए ।
प्रतिक्रिया