मायादेवी अनलाइन, जितपुर ।
आगामी मंसिर ४ गतेको निर्वाचनको लागि प्रतिनिधि सभातर्फ कपिलवस्तुको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका चक्रपाणी खनाल बलदेवले गठबन्धनको सरकारले गाउँ-गाउँको विकास हुने बताएका छन् ।
शुद्धोधनमा सम्पर्क कार्यालयको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै बलदेवले यसअघिको सरकारले आंसिक रुपमा काम गर्न पाएको र आगामी गठन हुने गठबन्धनको ५ बर्षे सरकारले गाउँगाउँमा विकास गर्ने बताएका हुन् ।
आगामी चुनावमा देशभर गठबन्धनको जित भएर प्रतिगागी र परिवर्तनविरोधी शक्ति पाखा लाग्ने भन्दै उनले त्यस पछि मात्र गाउँठाउँको विकास हुने दावी गरे । यसअघिको चुनावमा आफूले यस क्षेत्रबाट जित हासिल गरे पनि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका कारण यहाँको विकास गर्न नसकिएको बताए ।
जनयुद्ध तथा जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न पनि अहिले गठबन्धनले जित्नै पर्ने बलदेवको दावी छ । कार्यक्रममा एमाले तथा अरु पार्टी त्याग गरी करिब २ सय जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
त्यसरी प्रवेश गर्नेमा एमालेका प्रदेश सदस्य लगायत छन् । उनीहरुले एमाले नेतृत्वमा दास भएर बस्न नसकेपछि माओवादीमा आएको बताए ।
प्रतिक्रिया