९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अस्थिरताको जड एमालेले मधेशी जनतालाई नागरिकताविहिन बनायोः कमाल



मायादेवी अनलाइन, जितपुर ।

नेपाली काँग्रेसका नेता तथा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का चुनावी कमाण्डर अतहर कमाल (मुसलमान) ले मधेशी जनतालाई नागरिकताविहिन बनाउने पार्टी एमाले रहेको बताएका छन् ।

वाम लोकतान्त्रिक गठबन्धनको सरकारले नागरिकताविहिन लाखौँ मधेशी जनतालाई नागरिकता दिन नागरिकता विधेयक दुवै सदनबाट पास गराएकोमा प्रमाणिकरणमा एमाले बाधक बनेको उनले बताए ।

शुद्धोधनमा सम्पर्क कार्यालयको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता मुलमानले मधेशविरोधी दललाई चिनेर मात्र भोट खसाल्न आग्रह गरेका छन् ।

सदनले पास गर्ने गरेको नागरिकता विधेयकलाई उग्र बनाउने पार्टी पनि एमाले नै भएकाले आगामी चुनावमा त्यसको हिसाब किताब जनताले गर्ने उनले बताए । यत्ति मात्र नभएर मुलुकलाई अस्थिर बनाउने काम पनि एमालेबाटै भएको उनको दावी छ ।

कार्यक्रममा एमाले तथा अरु पार्टी त्याग गरी करिब २ सय जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । त्यसरी प्रवेश गर्नेमा एमालेका प्रदेश सदस्य लगायत छन् । उनीहरुले एमाले नेतृत्वमा दास भएर बस्न नसके पछि माओवादीमा आएको बताए ।

प्रकाशित मिति : १ कार्तिक २०७९ मंगलबार ००:००  ४ : ५४ बजे