मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा विचित्रको राजनीतिक ट्वीस्ट देखा परेको छ । जसपाको चुनाव चिह्नबाट तामझाम पूर्वक मनोनयन दर्ता गर्न आएका सहसराम यादव अन्ततः कांग्रेसबाट चुनाव लड्ने भएका छन् ।
रातिदेखि यादवलाई सत्ता गठबन्धनका केही नेताले चुनाव लड्ने गरी प्रस्ताव राखेका थिए । तर उनले गठबन्धनबाट चुनाव लड्ने तत्काल कुनै निर्णय लिएनन् ।
आइतबार दिउँसो आफ्ना पार्टी कार्यकर्तासंगै गजेहडास्थित निर्वाचन अधिकृतको कार्यालयमा आएका यादव एकाएक कांग्रेसबाट चुनाव लड्ने मनस्थितिमा पुगेका हुन् ।
कांग्रेस, माओवादीले यादवलाई समर्थन गरेका छन् ।
जसपा एकाएक सत्ता गठबन्धनबाट बाहिरिए पछि यो क्षेत्र गठबन्धनले खाली राखेको थियो ।
नेकपा (एकीकृत समाजवादी) ले दाबी गर्दै आएको यो क्षेत्रमा माओवादीले छाड्न मानेको थिएन् । माओवादीले उम्मेदवार खडा गर्ने गरी तयारी गरेपनि अन्ततः माओवादी यादवलाई समर्थन गर्न पुगेको छ ।
यादव जसपाबाट ०७४ सालमा प्रदेश सांसदमा निर्वाचित भएका थिए । उनी लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रहेका छन् ।
जसपालाई यो क्षेत्रमा एमालेले सघाउने गरी केन्द्रमा दुई पार्टी बीच सहमति भएको थियो । त्यही अनुसार एमाले जसपा गठबन्धनबाट यादव उम्मेदवार बन्ने पक्का भएको थियो । तर यादवले एकाएक एमाले जसपा गठबन्धन त्यागेर सत्ता गठबन्धनमा आएका हुन् ।
प्रतिक्रिया