मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुका दुई नेता दुई ठूला पार्टीबाट समानुपातिक सूचीको पहिलो स्थानमा परेका छन् ।
कांग्रेसबाट राजेश आचार्य र एमालेबाट गिरधारीलाल न्यौपाने खस-आर्यको पुरुष तर्फ एक नम्बरमा परेका हुन् ।
लुम्बिनी प्रदेश तर्फ नेपाली कांग्रेसबाट राजेश आचार्य खस-आर्य पुरुष तर्फ पहिलो नम्बरमा परेका छन् ।
कपिलवस्तुका पूर्व पार्टी सभापति रहेका आचार्य यो निर्वाचनमा समानुपातिक सूचीमा अटाएका हुन् ।
नेकपा (एमाले) बाट गिरधारीलाल न्यौपाने खस-आर्य पुरुष तर्फ पहिलो स्थानमा परेका छन् । कपिलवस्तु घर भएका न्यौपाने पुराना बामपन्थी नेता हुन् ।
नेकपा –मसाल) बाट राजनीति थालेका न्यौपाने माओवादी हुँदै एमालेमा सक्रिय छन् ।
पार्टीका केन्द्रीय सदस्य रहेका उनी लुम्बिनी प्रदेशको सह-इन्चार्जको भूमिकामा छन् ।
प्रतिक्रिया