मायादेवी अनलाइन, बाणगंगा ।
नेपाली कांग्रेसबाट डोलकराम घिमिरेले टिकट पाएका छन् । कपिलवस्तु प्रतिनिधिसभा-१ को प्रदेशसभा ‘क’ बाट घिमिरेले टिकट पाएका हुन् ।
सत्ता गठबन्धनबाट यो क्षेत्र कांग्रेसको भागमा थियो ।
कांग्रेसभित्र टिकटमा लागि बाणगंगा नगरपालिकाका पूर्व मेयर मंगलप्रसाद थारु प्रमुख दावेदारमा थिए ।
कांग्रेसका महाधिवेशन प्रतिनिधि रहेका घिमिरेले अन्ततः टिकट पाएका हुन् ।
घिमिरे कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष समेत हुन् ।
प्रतिक्रिया