८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तु-२ : प्रदेशसभामा विक्रम सिंहले टिकट पाए, सुधाकर पनि उम्मेदवार



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु-२ को प्रदेशसभा ‘क’ मा पूर्व एसएसपी विक्रम सिंह थापाले टिकट पाएका छन् । आसन्न मंसिर ४ को निर्वाचनका लागि थापाले कांग्रेसबाट टिकट पाएका हुन् । यो क्षेत्र सत्ता गठबन्धनले कांग्रेसको भागमा पारेको थियो ।

कांग्रेस भित्र सिंहसंगै पूर्व सांसद दृगनारायण पाण्डेय बीच टिकटमा कडा टक्कर थियो । ०७४ मा एमालेबाट यस क्षेत्रको प्रदेश सांसद भएका पाण्डेयले शंकर पोख्रेललाई मुख्यमन्त्रीबाट हटाउन भूमिका खेलेका थिए ।

सांसद पद नै त्यागेर शंकर पोख्रेलको सरकारलाई अल्पमतमा पारेका उनी लगत्तै कांग्रेस प्रवेश गरी ९ महिना राष्ट्रिय सभा सदस्य भएका थिए ।

पाण्डेय आसन्न चुनावमा टिकट पाउन तीव्र लविङमा लागेका थिए । स्रोतका अनुसार यहाँबाट विक्रम सिंहले टिकट पाएका हुन् ।

यस्तै प्रदेशसभा ‘ख’मा सुधाकर पाण्डेयले टिकट पाएका छन् । यो क्षेत्र गठबन्धनले खाली राखे पनि अन्ततः कांग्रेसले पाउने भएको छ । पाण्डेय जिल्लामा पटक पटक संसदीय चुनाव लड्दै आए पनि अहिलेसम्म जित निकाल्न सकेका छैनन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९ आइतबार ००:००  ६ : ३४ बजे