मायादेवी अनलाइन, बाणगंगा ।
सत्ता गठबन्धनले कपिलवस्तुका तीन वटै प्रतिनिधिसभा तर्फका उम्मेदवारको टुङ्गो लगाएको छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा सहितको गठबन्धन बीच जिल्लाका तीन प्रतिनिधिसभा मध्ये दुई कांग्रेस र एक माओवादीले पाउने भागवण्डा छ ।
सोही निर्णय अनुसार प्रतिनिधिसभा-१ मा माओवादीले पाएको छ । यहाँ हालका प्रतिनिधिसभा सदस्य चक्रपाणी खनाल (बलदेव) उम्मेदवार बन्नेछन् । उनलाई माओवादीले पुनः उम्मेदवार बनाएको हो ।
प्रतिनिधिसभा-२ मा कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य उम्मेदवार बन्ने छन् । आचार्यलाई कांग्रेसले टिकट दिएको छ ।
प्रतिनिधिसभा-३ मा अभिषेक प्रताप शाहले उम्मेदवारी दिदैं छन् । शाह हालका पनि सांसद हुन् । सत्ता गठबन्धनबाट उनी पुनः उम्मेद्वार बन्न लागेका हुन् ।
प्रतिक्रिया