मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुका युवा नेता गयादिन कुर्मी (दीपु) लौरो चुनाव चिह्नबाट चुनाव लड्ने भएका छन् । नेविसंघमा लामो समय काम गरेका कुर्मी कपिलवस्तु-२ को प्रदेशसभा ‘ख’ बाट लौरो चुनाव चिह्न लिएर चुनाव लड्न लागेका हुन् ।
सामाजिक सन्जाल मार्फत उनले आसन्न चुनावमा उम्मेदवारी घोषणा गरेका छन् । कुर्मी तौलिहवा उद्योग बाणिज्य संघको समेत अध्यक्ष हुन् । स्थानीय तहको चुनाव यता उनी कांग्रेसमा असन्तुष्टि रहदै आएका थिए ।
‘बा आमालाई टेकाउन भ्रष्टहरुलाई सेकाउन’ भन्ने अभियानका साथ देशभर लौरो चुनाव चिह्न लिएर लड्ने बढिरहेका छन् ।
लौरो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको नाममा छ । स्थानीय तहमा स्वतन्त्र चुनाव चिह्न रहेको लौरो आसन्न चुनाव अगावै पार्टीको चुनाव चिह्न भएको छ ।
प्रतिक्रिया