काठमाडौं ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेमा नरहने घोषणा गरेका छन् ।
४५ वर्षसम्म आफ्नो सम्पूर्ण शक्ति पार्टीमा लगाए पनि नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि एमाले छाडेको उनको भनाई छ ।
एमालेमा केपी शर्मा ओलीलेको दम्भ र स्वेच्छाचारिताको कारणले पार्टीमा बस्न नसक्ने निष्कर्ष निकाल्दै उनले पार्टीमा नरहने बताएका छन् ।
‘केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ । नेकपा एमालेको गौरवलाई कुनै दिन पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ’, उनले फेसबुकमा लेखेका छन्, ‘तर म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमानदार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु।’
नेकपा एमाले भित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि सङ्घर्षमा लागेका सहयोद्धा र सहकर्मीहरूप्रति ऐक्यबद्धता रहने बताएका छन् ।
प्रतिक्रिया