बुटवल ।
पाल्पामा नेकपा एमालेका प्रभावशाली नेता दलबहादुर रानाको टिकट खोसिएको छ ।
पाल्पा–१ बाट निर्वाचन जित्दै आएका रानालाई हुत्याएर उनको ठाउँमा नारायणप्रसाद आचार्यलाई एमालेले उम्मेदवार बनाएको छ ।
पाल्पा–१ बाट प्रतिनिधि सभातर्फ आचार्य र प्रदेश सभातर्फ १९१० मा राजुप्रसाद श्रेष्ठ र १९२० मा खिमबहादुर सारुलाई पार्टीले उम्मेदवार बनाएको एमाले पाल्पाका अध्यक्ष धनेन्द्र घिमिरेले जानकारी दिए ।
राना २०५१, २०६४ सालमा जितेका र २०७४ सालमा पनि निर्वाचन चुनाव जितेर मन्त्री समेत भइसकेका नेता हुन् । पाल्पा–१ बाट राना उम्मेदवार नभएपछि जिल्लाका एमाले कार्यकर्ता आश्चर्यमा परेका छन् ।
राना पार्टीका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज हुन् । पाल्पा–१ बाट युवा नेता ठाकुर गैरे प्रतिनिधि सभामा तथा प्रदेशसभा २९१० मा पशुराम भट्टराई र २९२० मा ओमबहादुर घर्ती उम्मेदवार बनेका छन् ।
प्रतिक्रिया