मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा एमालेले आसन्न मंसिर ४ को निर्वाचनका लागि कपिलवस्तुबाट प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।
जिल्लाका ३ प्रतिनिधिसभा र ६ प्रदेशसभामा मध्ये २ प्रदेशसभा तालमेलका लागि राखेर एमालेले उम्मेदवार टुङ्ग्याएको हो ।
एमालेबाट प्रतिनिधिसभा–१ मा बलराम अधिकारीले टिकट पाएका छन् । प्रदेश सभा ‘क’मा विष्णु पन्थीले टिकट पाएका छन् । प्रदेशसभा ‘ख’ मा भने तालमेलका लागि भन्दै एमालेले खाली राखेको छ ।
प्रतिनिधिसभा–२ मा बृजेश कुमार गुप्ताले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क) नवराज लामिछाने र (ख) धर्मबहादुर लाल श्रीवास्तवले टिकट पाएका छन् ।
कपिलवस्तु–३ मा मंगलप्रसाद गुप्तालाई टिकट दिइएको छ । प्रदेशसभातर्फ (क) अर्जुनकुमार केसी र (ख) मा तालमेलका लागि छुट्याइएको छ ।
प्रतिक्रिया