७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

एमालेबाट मधुसुदनको टिकट धरापमा, जसपाले पाउने सम्भावना



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा एमालेले आसन्न मंसिर ४ को निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभाको लागि अधिकांश क्षेत्रको उम्मेदवार टुङ्ग्याएको छ ।

जस अन्तर्गत कपिलवस्तुमा पनि एमालेले तीन वटै प्रतिनिधिसभाको उम्मेदवार टुङ्ग्याएको हो ।

प्रतिनिधिसभा-१ मा बलराम अधिकारीले टिकट पाएका छन् । प्रतिनिधिसभा-२ मा बृजेश कुमार गुप्ताले टिकट पाउँदा प्रतिनिधिसभा-३ मा मंगलप्रसाद गुप्ताले टिकट पाएका छन् ।

एमालेका अनुसार प्रतिनिधिसभा-१ को प्रदेश सभा ‘क’मा विष्णु पन्थीले टिकट पाएका छन् । प्रदेशसभा ‘ख’ मा भने तालमेलका लागि भन्दै एमालेले खाली राखेको छ । यो क्षेत्रमा मधुसुदन चौधरी चुनाव लड्ने तयारीमा थिए ।

उनी हालै मात्र लोसपा परित्याग गरी एमालेबाट चुनाव लड्ने गरी एमाले भित्त्रिएका थिए । तर जसपासंगको तालमेलका कारण चौधरीको टिकट धरापमा परेको छ ।

एमालेले जसपासंग चुनावी तालमेल गर्दै छ । यस क्षेत्रमा जसपाका सहसराम यादव चुनाव लड्दै छन् ।

एमालेबाट निकट नपाए पछि चौधरी कुन दलबाट चुनाव उठ्छन् अझै भन्न सकिने स्थिति छैन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९ शुक्रबार ००:००  ८ : ५७ बजे