मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा एमालेको प्रतिनिधिसभा तर्फ समानुपातिक सूचीमा कपिलवस्तुका तीन जना नेता परेका छन् ।
हालै मात्र नेपाल समाजवादी पार्टी (नेसपा) परित्याग गरी एमालेमा आएका दानबहादुर कुर्मी चौधरी पनि समानुपातिक सूचीमा परेका छन् । चौधरी एमालेले बुझाएको बन्द सूचीको १ सय ३ औं नम्बरमा छन् ।
यस्तै एमालेका केन्द्रीय सदस्य रहेका सिराज अहमद फारुकी पनि समानुपातिक सूचीमा परेका छन् । फारुकी १ सय ९ औं स्थानमा छन् ।
एमालेका जिल्ला नेता जन्जिर प्रसाद थारु पनि समानुपातिक सूचीमा छन् । उनको स्थान ७२ औं छ । यी ती नेता समानुपातिक सूचीमा परे पनि सांसद बन्न भने गाह्रो देखिन्छ ।
बन्द सूचीमा परेका नामहरुको क्रमबद्ध अनुसार दलले पाएको मतको आधारमा समानुपातिक सांसद छानिन्छ । एमालेले कपिलवस्तुका तीन नेतालाई अन्तिममा हालेको हो ।
प्रतिक्रिया