एजेन्सी ।
भारतका फास्ट बलर जस्प्रित बुमराहले अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी(ट्वान्टी विश्वकप क्रिकेट गुमाउने भएका छन् ।
ढाडको चोटको कारण बुमराहले विश्वकप गुमाउने भएका हुन् ।
बीसीसीआईले बुमराहले विश्वकप गुमाउने पुष्टि गरेको क्रिकइन्फोले जनाएको छ ।
टी(ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ ।
प्रतिक्रिया