११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

संविधान दिवस : कपिलवस्तु कारागारबाट ६ जना कैदी रिहा



कपिलवस्तु ।

संविधान दिवसको अवसरमा कपिलवस्तु कारागारमा रहेका ६ जना कैदी सोमबार रिहा भएका छन् । कैद मिनाहा भएका सबै कैदी कपिलवस्तुका रहेका छन् ।

राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम आज कैदमुक्त गरिएको कपिलवस्तु कारागारका प्रमुख जेलर मनोज शैनीले बताउनुभयो । कैदमुक्त भएका ६ जनामध्ये २ जना कर्तव्य ज्यान, सवारी ज्यान, किर्ते नागरिकता, डाँका र अङ्गभङ्ग मुद्दाका एक–एक जना कैद जीवन बिताउँदै आएका थिए ।

मुद्दा नकारात्मक सूचीमा नपरेको, असल चालचलन भएको र ५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरेका आधारमा उहाँहरूको कैद मिनाहाका लागि कारागार व्यवस्थापन विभागमा नामावली पठाइएको थियो । सोही आधारमा उहाँहरूको कैद मिनाहा गरिएको जेलर शैनीले बताउनुभयो ।

कैदमुक्त भएका उहाँहरू बाँकी जीवन घर परिवार र समुदायको हितका लागि बिताउने प्रतिबद्धता गर्दै कारागारबाट बिदा भएका जेलर शैनीले जानकारी दिनुभयो । कपिलवस्तु कारागारमा रहेका कुल ४ सय ४७ कैदी बन्दीमध्ये आज ६ जना कैदमुक्त हुनुभयो । बाँकी ४ सय ४१ जना कैदीबन्दी कारागारमा छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७९ सोमबार ००:००  ४ : ३० बजे