काठमाण्डौ ।
चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । स्वास्थ्य र चिकित्सा क्षेत्र सुधारसँग सम्बन्धित सात बुँदे माग गर्दै धनगढीमा अनशन बसिरहेका डा। केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ ।
अस्पतालका अनुसार उहाँमा टाउको दुख्ने, रिँगटा लाग्ने, श्वास फेर्न गाह्रो हुने, पेट दुख्ने, शरीरका मांसपेशी सुक्नेजस्ता समस्या देखिएका छन् । उहाँमा अल्सर हुने सम्भावना बढ्दै गएको अस्पतालले जनाएको छ ।
गएको आठ दिनदेखि अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशिक अस्पताल धनगढीले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएको छ । मांसपेशी सुक्दै गएको र अल्सर भइ रक्तश्रावको शङ्का भएको हुनाले ज्यानलाई थप अन्य जोखिम हुन सक्ने जटिलताहरू आउन सक्ने हुनाले थप उपचारका लागि बहुविशेषज्ञ भएको विशिष्टकृत अस्पतालमा स्थानान्तरणका लागि अस्पतालले सल्लाह दिएको छ ।
प्रतिक्रिया