बुटवल ।
रुपन्देहीका पत्रकार यमलाल भुसाल र चेतन पन्त नेपाल प्रवीण सेवा पदकबाट विभुसित भएका छन् । संविधान तथा राष्ट्रिय दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार भुसाल र पन्तलाईलाई सम्मान प्रदान गरेकी हुन् ।
बुटवलको राज्य टेलिभिजनका समाचार प्रमुख भुसाल विगत ३ दशकदेखि पत्रकारिता क्षेत्रमा काम गर्दै आएका छन् । त्यसैगरी लामो समयदेखि पत्रकारितामा क्रियाशिल रहदैँ आएका पन्त पर्यटन विज्ञ हुन् ।
प्रतिक्रिया