मायादेवी अनलाइन, जितपुर ।
नवौँ राष्ट्रिय परिवार योजना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम गरिएको हो । यस्तै कपिलवस्तुमा पनि दिवसको अवसरमा अन्तरक्रिया गरिएको छ । ‘ब्यवस्थीत परिवार, हाम्रो अधिकार हामी सबै जिम्मेवार ’ भन्ने मूल नाराको साथ मनाइएको हो ।
युएनएफपिएको आर्थिक सहयोग, सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वय र जमिया मतलउल, उलम अल्सलाफिया स्कुलको आयोजनामा मदरसामै पहिलो पटक जनचेतनामूलक कार्यक्रम गरिएको हो ।
कपिलवस्तुको दक्षिणी क्षेत्र अन्तरगत पर्ने मायादेवी गाँउपालिका ६ डुमारामा रहेको जमिया मतलउल र उलम अल्सलाफिया स्कुलको आयोजनामा गरिएको कार्यक्रममा मदरसाका छात्राछात्रका लागि छुट्टाछुट्टै कार्यक्रम गरिएको थियो ।
छात्राको लागि परिवार योजना बारे जानकारी तथा अन्तरक्रिया संगै मनोरन्जनात्मक खेल कुर्ची दौडप्रतियोगिता सम्पन्न गरिएको थियो । प्रतियोगितामा मदरसाका २३ छात्राको उत्साहपूर्ण सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।
यसैगरी मदरसाका छात्रको लागि राष्ट्रिय परिवार योजनाको विषयमा वक्ततृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । बक्तृत्वकला प्रतियोगितामा इमतियाज अहमद प्रथम, महम्मद उसमान दिवितिय र नुरुद्धिन तृतीय भएका छन् । विजेतालाई बिभिन्न पुरस्कार वितरण गरिएको थियो। कार्यक्रम प्रभावकारी भएको र यसकार्यक्रमले आफुलाई परिवार योजनाको बारेमा स्पष्ट जानकारी दिएको विद्यार्थीले प्रतिक्रिया दिएका छन साथै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु ल्याउन उनिहरुले आग्रह गरे ।
कार्यक्रममा मदरसाका प्रिन्सीपल नियाज अहमद खाँ, मो. मुबारक, अब्दुल रहिमले बोल्दै मुस्लीम समुदायपनि पछिल्लो समय परिवार योजनाप्रति सचेत बन्दै गएको बताउनुभयो । परिवर्तन एकैपटक सम्भव नभएकाले विस्तारै परिवर्तन हुदैजाने बताउनुभएको थियो ।
कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सूर्यकुमारी साही, पूर्वअध्यक्ष पोम नारायण पौडेल, अधिकारकर्मी चेतना अधिकारी, सिद्धार्थ क्याम्पसका प्रध्यापक रोमकान्त घिमिरे, युएनएफपिएका कार्यक्रम संयोजक राम नारायण शाह, पत्रकार महांसघ कपिलवस्तुका उपाध्यक्ष हरि अधिकारी लगाएतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया