११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

राप्ती नदीको बाढीमा फसेका ३ जनाको उद्धार



नेपालगन्ज ।

राप्ती नदीको बाढीमा फसेका राप्ती सोनारी गाउँपालिका(४ का ३ जनाको २४ घण्टापछि उद्धार गरिएको छ । उनीहरू शनिबार बिहान गाई चराउन गएका बेला राप्ती नदीको भांगालोले घेरिएको टापुमा फसेका थिए ।

राप्ती नदीमा पानीको सतह घटेपछि उनीहरूको उद्धार सम्भव भएको हो । ईलाका प्रहरी कार्यालय धामपुरका निमित्त प्रमुख वरिष्ठ हवल्दार तुलसीराम चौधरीका अनुसार पानीको सतह घटेपछि उद्धारका लागि प्रहरी पुगेको थियो । ‘अहिले बाढी घटिसकेको छ । टापुमा फसेका गोठालाहरु सकुशल छन्,’ उनले भने ।

स्थानीयका अनुसार राप्ती सोनारी गाउँपालिका(४ का ५५ वर्षीय सीताराम थारु, ४५ वर्षीय बल्लुराम थारु र ६० वर्षीय लोकबहादुर थारु गोठाला गएका थिए । दिउँसो राप्ती नदीमा बाढी आएपछि उनीहरू फसेका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७९ आइतबार ००:००  १ : १२ बजे