काठमाडौं ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराको सम्पत्तिमाथि प्रश्न उठाएर परेको निवेदन छानबिन प्रक्रियामा रहेको बताएको छ ।
जबरा प्रधानन्यायाधीशमा बहाल रहँदा नै नागरिक समाजका तर्फबाट निवेदन परेको र त्यसउपर विभाग छानबिन प्रक्रियामा रहेको विभागमा सूचना अधिकारी ऋषिराम पोखरेलले जानकारी दिए ।
महाअभियोग सिफारिस समितिले थप सूचना दिए त्यसले अनुसन्धानमा थप सहयोग पुग्न सक्ने पोखरेल बताउँछन् ।
‘न्याय परिषद्बाट आएको सूचना लगायत महाअभियोग सिफारिस समितिले दियो भने विभागलाई थप सूचना प्राप्त हुन्छ’ पोखरेल भन्छन, ‘अन्यथा, उहाँ जबराको सम्पतिको सम्बन्धमा परेको निवेदनउपरको छानबिन प्रक्रिया बढिसकेको छ ।’
प्रतिक्रिया