११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

बाणगंगामा भोलि शोक विदा



बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाले आइतबार (भोलि) शोक बिदा दिने भएको छ ।

बाणगंगा नगरपालिकाकी कार्यपालिका सदस्य दामु घर्तिको निधनको शोकमा नगरपालिकाले आईतबार (भोलि) नगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

जसमा नगरपालिकाको कार्यालय, वडा कार्यालय, नगर भित्रका सरकारी तथा निजि बिद्यालय, स्वास्थ्य कार्यालय, कृषी तथा पशु कार्यालय बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले जानकारी दिए ।

यद्यपि एम्बुलेन्स, दमकल जस्ता अति आवश्यक सेवा भने बन्द नहुने पौडेलले बताए । वडा नम्बर १० की वडा सदस्य दामु घर्तिको ४२ बर्षको उमेरमा क्यान्सरका कारण उपचारका क्रममा आज मृत्यु भएको हो ।

घर्तिको मृत्युप्रति नगर प्रमुख चक्रपाणी अर्यालले दुख ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७९ शनिबार ००:००  ९ : ४१ बजे