११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

पालिकाहरुलाई बजार अनुगमन गर्न मन्त्री बडूको निर्देशन



काठमाण्डौ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पालिकाहरुलाई बजार अनुगमन गर्न निर्देशन दिनुभएको छ ।

शनिबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीमा स्थापना गरेको चाडवाड लक्षित सुपथ मूल्य पसलको उद्घाटन गर्दै मन्त्री बडूले पालिकाहरुलाई प्रभावकारी रुपमा बजार अनुगमन गर्न आग्रह गर्नुभएको हो । उहाँले दशैँ, तिहार, छठ लगायतका चाडपर्वहरु आइरहेको र चाडपर्वको बेलामा बजारमा अस्वभाविक रुपमा मुल्यवृद्धि हुने भएकाले तीनै तहको सरकारले बजार अनुगमन गर्नुपर्ने बताउनुभयो । उहाँले मन्त्रालयले जनशक्ति बढाएर अनुगमन बढाइरहेको भएपनि मन्त्रालयको एकल प्रयास मात्र सम्भव नहुने बताउनुभयो ।

उहाँले बजार अनुगमनका लागि प्रदेश र पालिकाको अधिकार बढेको भए पनि तीनै तहहरुबाट अपेक्षित र प्रभावकारी रुपमा अनुगमन हुन नसकेको बताउनुभयो । मन्त्री बडूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई आफ्नो सम्पतिको यथार्थ अभिलेखीकरण राख्न निर्देशन दिनुभयो । उहाँले कम्पनीको सम्पतिलाई सदुपयोग गर्दै जनतालाई सस्तो सेवा दिन पनि निर्देश गर्नुभयो ।

मन्त्री बडूले चाडपर्व लक्षित सुपथ मूल्य पसलमा बिक्री वितरण गर्ने खाद्यवस्तुको संख्या र सहुलियत बढाएको बताउनुभयो ।

प्रकाशित मिति : १ आश्विन २०७९ शनिबार ००:००  ४ : ५४ बजे