काठमाण्डौ ।
प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानमा भएको व्यवस्थाअनुसार आफूले संसद विघटन गरेको दाबी गर्नुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा अध्यक्ष ओलीले आफूले २ पटक गरेको संसद विघटनको बचाउ गर्दै संविधानमा भएको व्यवस्थाअनुसार आफूले उचित कदम चालेको दाबी गर्नुभएको हो । संसदमा आफूभन्दा अगाडि बोल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले परमादेशले संविधानको रक्षा गरेको बताउनुभएको सन्दर्भमा ओलीले चुनावमा जाने कुरा प्रतिगमन नभई परमादेशबाट सरकार बनाउने काम प्रतिगमन भएको बताउनुभयो ।
अध्यक्ष ओलीले आफूले राम्रो काम गर्दागर्दै षड्यन्त्र भएको जिकिर पनि गर्नुभयो ।
प्रतिक्रिया