११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

बाणगंगा नगरपालिकाकी कार्यपालिका सदस्य घर्तीको निधन



मायादेवी अनलाइन, जितपुर ।

बाणगंगा नगरपालिकाकी कार्यापालिका सदस्य दामु घर्तीको मृत्यु भएको छ ।

क्यानसर पिडित ४२ बर्षीय घर्तीको उपचारका क्रममा मृत्यु भएको हो ।

बाणगंगा नगरपालिका वडा नं १० निवासी घर्ती गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडा सदस्य तथा कार्यपालिका सदस्यमा निर्वाचित भएकी थिईन् । उनी नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।

यसैबिच बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले कार्यपालिका सदस्य घर्तीको निधनको खबरले आफु स्तब्ध भएको बताएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७९ शनिबार ००:००  १ : १३ बजे