काठमाडौं ।
अछाममा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा अहिलेसम्म ११ जनाको शव भेटिएको र ७ जना वेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । घटनामा २० जना घाइते भएका छन् ।
कमलबजार नगरपालिका वडा नं ८ मा चाउरे दमाइको घर पुरिँदा परिवारका ५ जनाको मृत्यु भएको रिजालले जानकारी दिए ।
यस्तै, ढकारी गाँउपालिकामा १ घर पुरिएर एक जनाको मृत्यु भएको र २ जना घाइते भएका छन् । तुर्माखाद गाँउपालिका वडा नं ५ नारागाउँमा ९ जना बेपत्ता भएकोमा ५ जनाको शव भेटिएको छ ।
बेपत्ताको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा खटेका छन् ।
प्रतिक्रिया