११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

शिवराजमा मदरसाका धर्मगुरुहरुको लागि खोप तथा सरसफाई कार्यक्रम



मायादेवी अनलाइन, शिवराज ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ५ मा शिवराज नगरपालिका भित्र रहेका मदरसाका धर्मगुरुहरुलाई खोप तथा सरसफाई सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

शिवराज नगरपालिकाले स्वास्थ्य शाखा मार्फत संचालन गरिने खोप तथा सरसफाई कार्यक्रमलाई प्रभावकारी बनाउन मदरसाका मौलाना तथा अगुवाहरुलाई एक दिने अन्तरक्रियामा कार्यक्रममा सहभागी गराईएको शिवराज स्वास्थ्य शाखा अधिकृत पुर्णिमा खनालले बताइन् ।

कार्यक्रमा शिवराज नगरपालिकाले खोप कार्यक्रममा संचालन गर्दा नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्था वाटआर्थिक वर्ष ०७८।०७९ माविभिन्न सुचकमा प्राप्त गरेको तथ्याङ्कको आधारमा वार्षिक लक्ष्य र प्राप्त गरेको उपल्बधी बारे छलफल गरिएको खनालले बताइन् । छलफलमा उपस्थित धर्मगुरु मौलानाहरुले आफनो समुदायमा यस बारे जानकारी गराउने गरेको मौलाना सलिम मोहम्दले बताए ।

कार्यक्रममा बोल्दै वडा न ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेले खोप तथा सरसफाईले गर्दा बालबालिकाहरु स्वस्थ्य तथा निरोगि हुने बताए ।

कार्यक्रम शिवराज नगरपालिका वडा न ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेको अध्यक्षता स्वास्थ्य शाखा अधिकृत लता केसी तथा पुर्णिमा खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७९ बिहिबार ००:००  ५ : १९ बजे