११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

पाल्पामा ९ सय २३ उम्मेदवारलाई सोधियो स्पष्टीकरण



पाल्पा ।

जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहको निर्वाचन खर्च विवरण नबुझाउने ९ सय २३ उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । जसमध्ये अहिलेसम्म १ सय ५९ जना उम्मेदवारले स्पष्टीकरण दिएका छैनन् ।

उम्मेदवार बनेर खर्च विवरण नबुझाएकाहरूलाई स्पष्टीकरण सोधिएको हो । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाले निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण आयोगमा बुझाउनुपर्ने प्रावधान रहेको जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले बताए । स्थानीय तहको निर्वाचनमा पाल्पामा १ हजार ७२ जना उम्मेदवार थिए ।

प्रकाशित मिति : ३० भाद्र २०७९ बिहिबार ००:००  २ : १८ बजे