मायादेवी अनलाइन, जितपुर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाणगंगा-१ को वडा अधिबेशन तथा सक्रिय सदस्यता बितरण कार्यक्रम सम्पन्न भएको छ । बाणगंगा-१ जितपुरमा अवस्थित लुम्बिनी पार्टी प्यालेसको सभा हलमा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै राप्रपाका केन्द्रिय सदस्य डा. माधब पन्थीले बर्तमान समयमा अरु दलबाट बिचलित भएर जनताहरुको आकर्षण राप्रपा तर्फ रहेको बताउनु भएको थियो ।
दलिय भागबण्डाका लागि देशको सार्बभौमिकता तथा अस्तित्व खतरामा पार्ने दलहरुबाट जनता सचेत हुनुपर्ने बताउँदै अब देश र जनताको हितमा तप्पर रहेको राप्रपा पार्टीलाई सबैले साथ र समर्थन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
यस्तै कार्यक्रममा बिशिष्ट अतिथिको आसनबाट बोल्दै राप्रपा कपिलवस्तुका जिल्ला संगठन प्रमुख राजेन्द्र बिक्रम शाहले आसन्न निर्वाचनमा केन्द्रित भई राप्रपाका भिजनलाई जनतासामु प्रस्तुत गर्नका लागि कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभएको थियो ।
बाणगंगालाई राप्रपामय बनाउनका लागि अब सक्रियताका साथ लाग्नुपर्ने तर्क शाह राख्नुभयो ।
कार्यक्रममा बोल्दै राप्रपाका सक्रिय कार्यकता तथा नेताहरुले राप्रपाको बिगतको सिद्धान्त भन्दा बर्तमान सिद्धान्त केही फरक भएको बताउँदै उक्त सिद्धान्त राष्ट्र र जनताको हितमा रहेको तर्क राख्नुभएको थियो ।
यस्तै कार्यक्रम मार्फत पदम गुरुङको अध्यक्षतामा २७ सदस्यीय बाणगंगा-१ को नयाँ वडा कार्यसमिती गठन गरिएको छ । जसको सदस्यहरुमा शुसिला रायमाझी, दुर्गा न्यौपाने, राजेन्द्र बिक्रम शाह, नेत्र भुसाल, ईन्दु भुसाल, गिरीराज कँडेल, सूर्य बहादुर गुरुङ, जीवन थापा लगाएत रहनुभएको छ ।
यस्तै कार्यक्रममा करिब एक दर्जन युवाहरु राप्रपा प्रबेश गरेका छन् । नव प्रबेशिहरुलाई राप्रपाका केन्द्रिय सदस्य डा.माधब पन्थीले सदस्यता पत्र प्रदान गर्नुभएको थियो ।
राप्रपा बाणगंगा-१ का निवर्तमान कार्यसमिति अध्यक्ष कौशीला रायमाझीको अध्यक्षता रहेको कार्यक्रममा राप्रपा बाणगंगाका सक्रिय कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रम राप्रपा बाणगंगाका नगर सह-सचिव सागर हमालको सन्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया