पाल्पा ।
पाल्पाको रिब्दीकोटमा विषादी सेवनबाट एक पुरुषको ज्यान गएको छ । रिब्दीकोट गाउँपालिका वडा नं। ५ देविडांडा निवासी ५५ वर्षका सन्ते भनिने मेखबहादुर खड्काले उपियाँ मार्न प्रयोग गरिने विषादी सेवन गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार सोमबार बेलुका ६ बजे विषादी सेवन गरेका खड्कालाई प्रहरीले उद्दार गरी पाल्पा अस्पतालमा लगेको तर राति ८ बजे उनको मृत्यु भएको अस्पतालले घोषणा गरेको हो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया